कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने (भिडियोसहित) | Khabarhub Khabarhub

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सगरमाथा लगायतका उच्च शिखरहरुको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राख्ने आरोहीहरुलाई  विभिन्न मानपदवी दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुवात गरिने घोषणा गरेका हुन ।

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताए ।

हेरौँ भिडियो


“हामी (सरकार) आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अबउप्रान्त ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउछौँ”, उनले भने ।

प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको बताए ।

उनले भने, “आरोहणका अलावा यहाँका अरु खेल मामूली हुन्, चेसमा प्रथम हुनु र सगरमाथाको आरोहण फरक किसिमको हो । तपाईंहरुबाट सबैले प्रेरणा लिन सक्छन्, लिइरहेका पनि होलान् । हामीले देशका लागि केही गर्नुपर्छ । तपाईंहरुले देशको पहिचान र गौरवलाई माथि उठाउनुभएकामा हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताको कामना गर्दछौँ ।”

उनले पर्वतारोहण जोखिमपूर्ण भएकाले सावधानीका साथ साहसिक आरोहण क्षेत्रमा लाग्न पनि सुझाव दिए ।

आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् ।

सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औँ पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् ।

यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् । आफ्नो ज्यानको जोखिम मोलेर आरोहणमा उत्रने सबै आरोहीको सम्मानमा सरकारले विशेष मानपदवीको व्यवस्था गर्ने भएको छ ।

माउन्ट केटु म पनि जान पाएको भए…

प्रधानमन्त्री ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताए ।

उनले भने, “आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर न आउने थिए होला ।

प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिए ।

“यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ”, उनले भने ।

जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरी फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उनले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरुको देश भएको पुष्टि गरेको बताए ।

सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गरे ।

“निकै मेहनत र परिश्रमका साथ केटूजस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईंहरुको यो साँच्चिकै प्रशंसायोग्य काम हो”, उनले भने ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले माउन्ट केटूको सफल आरोहण गरी स्वदेश फर्किएको कीर्तिमानी आरोही टोलीलाई बधाई ज्ञापन गरेकी छिन ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै नेपालको राष्ट्रिय गान गाउँदै केटूको शिखरमा आरोहण गरेकामा नेपाल र नेपाली गौरवान्वित भएको बताएकी छिन ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : २० बजे

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको