सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् : मन्त्री साह | Khabarhub Khabarhub

सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् : मन्त्री साह


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकताको पक्षमै रहेको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफूहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए ।

उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपूर्तिका लागि जे पनि गर्दै आएको आरोप लगाए । ती नेताहरुले माओवादी विचार, विरासत, मुद्दा र महान शहीदहरुको सपनासमेतको व्यापार गरेको उनले आरोप लगाए ।

महान शहीद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलब सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमै राम्ररी चिन्न उनले आग्रह गरे ।

“तपाईंहरुलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । अहिले तपाइँहरु हेर्दै हुनुहुन्छ आफूलाई ठेकेदार ठान्ने केही माओवादीहरु आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्दत छन् ।” नेता साहले भने, “कोही भ्रममा नपर्नुस्, सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा छन् । कोही कमरेड विचलित नहुन आग्रह गर्दछु ।”

“यहाँ एकथरी छन्, जो आफूलाई माओवादी भन्छन् तर शहीद रामवृक्ष यादवको शालिक भत्काउछन् । म विचार गर्न भन्न चाहन्छु, कमरेड रामवृक्षको शालिक भत्काउने माओवादी हुन् कि रामवृक्षको नाममा क्याम्पस बनाउने ? जनमुक्ति सेनाको नाममा आएको पैसामा पनि भ्रष्टाचार गर्ने माओवादी हुन् कि जनमुक्ति सेनाको उपचार गर्ने ? माओवादी आन्दोलनलाई स्वार्थमा बेच्नेहरू असली हो कि माओवादी विरासतको रक्षा गर्नेहरू ? माओवादी मुद्दा र पहिचानको व्यापार गर्ने माओवादी हो कि एजेन्डाका लागि निरन्तर लड्ने ?” नेता साहले भने, “परिवर्तनका लागि लड्नेहरु आज पनि पार्टी एकताको पक्षमा छौँ । तर केही धोखेबाज र गद्दारहरु पार्टी र आन्दोलन भाँड्ने अभियानमा छन् । ”

कार्यक्रममा उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, नेकपा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोलगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : २८ बजे

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन