सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोर अंकको गिरावट आएको छ ।

सोमबार १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७ दसमलव ७९ अंकले घटेको हो ।

आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको छ ।

नेप्सेमा दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहको सुचक क्रमश ५४ दसमलव पाँच र १३ दसमलव सात अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९८ दसमलव ५७ अंकले घटेर ११ हजार छ सय ८७ दसमलव नौ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ४१ दसमलव नौ अंकले घटेर १६ हजार आठ सय १८ दसमलव ९८ अंकमा पुगेको छ । यी बाहेक बिकास बैंक, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन ।

आज गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिशतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको हुंदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९५ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : १६ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो