राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप | Khabarhub Khabarhub

राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।

खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न लागेको बताईन् ।

खोपका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको सन्दर्भमा बीमा नगरेका सबै ईजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई बीमा गर्न उनले अनुरोध गरेकी छिन् । यस अवसरका लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई उनले धन्यवाद समेत दिएकी छिन् ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म ईजरायलमा २५ लाख भन्दा बढीले लगाईसकेका छन्। पहिलो चरणमा बढी उमेरका तथा कोभिडविरुद्धको लडाइँमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई प्राथमिकताको सूचीमा राखिएको छ।

ईजरायलमा यो खोप नि:शुल्क लिनका लागि स्वास्थ्य विमा संस्थान) मा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । यसमा दर्ता भएकाहरुलाई उमेर हेरी स्वास्थ्य बीमा कम्पनीहरुले खोपका लागि सम्पर्क गर्ने गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०