पुलिससँग वालिङको बराबरी | Khabarhub Khabarhub

पुलिससँग वालिङको बराबरी


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग अंक बाडेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा पुलिस र वालिङबीचको खेल १-१ गोल बराबरी भएको हो।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङ पुलिसविरुद्व हावी भएको थियो। जसमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

खेलको दोस्रो हाफको ८ औँ मिनेटमा वालिङका लागि मिथो रुथले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। रुथको गोलपछि उत्साहित वालिङको टोलीले अग्रता भने धेरै टिकाउन सकेन।

वालिङविरुद्व खेलको ६५ औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल फर्काइन्। रेखाको गोलले खेलमा फर्किएको पुलिसले गोल थप्न भने सकेन। जसको फलस्वरूप खेल १-१ बराबरीमा सकियो।

प्रतियोगितामा दोस्रो बराबरी खेलेको वालिङका प्रशिक्षक दीलिप थापाले आफ्नो टोलीका खेलाडीले राम्रो खेलेको बताए भने लिगमा दुई बराबरी खेलेको पुलिसका प्रशिक्षक सञ्जीव जोशीले टिमले राम्रो खेल्न नसकेको स्वीकाररेका छन्।

उनले वालिङका खेलाडीले राम्रो खेल्दा आफ्नो टिमले नतिजा उल्टाउन नसकेको स्वीकारेका हुन्। यस्तै पुलिस ५ अंकसहित पुलिस दोस्रो स्थान उक्लिएको छ। वालिङले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : ४५ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस