सीमानाका बन्द हुँदा चोरबाटोको प्रयोग | Khabarhub Khabarhub

सीमानाका बन्द हुँदा चोरबाटोको प्रयोग


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सीमानाका लामो समयदेखि नखुल्दा भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् ।

कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सीमानाका बन्द गरेको थियो ।

सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत चोरबाटो प्रयोग गर्न बाध्य छन् ।

खुला सिमाना भएका कारण पुलमुनि र आसपासबाट नदी तरेर आवत–जावत भने रोकिएको छैन । जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवत–जावत गर्छन् ।

दैनिक उपभोग्य वस्तु भारतीय बजार सुनवर्षाबाट चोरबाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन सर्लाहीसहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सीमामै धर्नासमेत दिएका थिए ।

सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नुका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहमा रहेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवत–जावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनको भनाइ छ  ।

सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापार व्यवसायसमेत प्रभावित भएको उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

चौसट्ठी किलोमिटर खुला सिमाना रहेको सर्लाहीमा खेतको बाटोको प्रयोगसमेत बढेको छ ।

सीमानाका बन्दको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीयको गुनासो छ । सीमानाका बन्दका बहानामा तराईका जिल्लामा चोरी तस्करी बढेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : ५५ बजे

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक