'काजीबा' कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावक हुनुहुन्थ्यो– प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

‘काजीबा’ कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावक हुनुहुन्थ्यो– प्रचण्ड (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजीबा’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

श्रद्धाञ्जलिका लागि मंगलबार चितवन आएका प्रचण्डले काजीबाको शवमा फूलमाला र पार्टीको झण्डा ओढाए। शोक सन्तप्त परिवारजनमा उनले समवेदना दिए।

कुँवरको शव श्रद्धाञ्जलिका लागि नेकपा भरतपुर महानगर कमिटी कार्यालय कृष्णपुरमा राखिएको थियो। शवलाई अन्तिम संस्कारका लागि देवघाट लगिएको र त्यसमा सहभागी हुन प्रचण्ड पनि देवघाट पुगेका हुन्।

श्रद्धाञ्जलि दिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन काजीबाको ठूलो योगदान रहेको बताए।

हेरौँ भिडियो

आफूले कुँवरबाटै पार्टी सदस्य लिएको खुलाउँदै आफूलाई बढाउन उनले धेरै ठूलो योगदान दिएका पनि बताए। ‘कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावकको रुपमा पनि लिएको छु’, उनले भने। कुँवरबाट २०३३ सालमा पार्टीको सदस्यता लिएको उनले बताए।

कम्युनिष्ट आन्दोलन र राजनीतिमा गम्भीर मोड र धक्का लागेको अवस्थामा काजीबाको निधन पीडादायी रहेको उनले बताए। काजीबाको अवसानले प्रतिगमन र प्रतिगामीविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा दिने उनले बताए।

श्रद्धाञ्जलि कार्यक्रममा नेकपाले जारी गरेको शोक वक्तव्य पढेर सुनाइएको थियो।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेटलगायत स्वास्थ्य समस्याबाट ग्रसित कुँवरको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो। भरतपुर अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भएको हो। कुँवरको निधनमा नेकपा अध्यक्ष प्रचण्ड र प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले संयुक्त श्रद्धाञ्जलि वक्तव्य निकालेका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन