प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीले कोरोनाविरूद्धको खोप लगाउने « Khabarhub

प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीले कोरोनाविरूद्धको खोप लगाउने


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए ।

प्रदेश स्वास्थ्य  आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ११ : ५५ बजे

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितको खोज, उद्धार, राहत र

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबिच

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

काठमाडौँ- ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथली मा ११८औं शाखाको

संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै

बोरिस जोनसनले भने – पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन

बर्लिन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध