विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ पक्राउ


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो ।

चन्द समूहले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्रायले उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको समयमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न