सन् २०२१ का ठूला चुनौतीहरू | Khabarhub Khabarhub

सन् २०२१ का ठूला चुनौतीहरू


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सीन फ्लेमिङ

ग्लोबल रिक्स रिर्पोट २०२१ वर्ल्ड इकोनोमिक्स फोरमको १६औँ अंक हो । यसमा हामीले गएको वर्ष महामारीले पारेको असर, आर्थिक गिरावट, राजनीतिक उतारचढाव र जलवायु परिवर्तनले पारेको असरको विषय फर्किएर हेर्ने प्रयास गरेका छौँ ।

कुनै पनि देश अथवा व्यवसायले यस्तो अवस्थाको सामना कसरी गर्न सक्छ भन्ने विषय यो रिपोर्टले समेट्ने कोशिस गरेको छ ।

अचम्म पर्नु नपर्ने विषय के हो भने यो वर्ष र गत वर्षमा हामीले व्यहोर्नु परेको साझा समस्या कोभिड–१९ ले ल्याएको महामारी हो । यो महामारीसँग आएको चुनौतीलाई अहिले पहिलो चुनौतीका रूपमा हेरिएको छ, जब कि सन् २०२० मा यो १०औँ स्थानमा थियो ।

व्यापक प्रभाव

‘कोभिड–१९ का कारण मानव समाज र आर्थिक क्षेत्रमा परेको तत्कालीन प्रभाव व्यापक छ’, रिर्पोट भन्छ, ‘त्यसले वर्षौंको मिहिनेतपछि प्राप्त सफलताहरू गरिबी निवारण र विश्वबाट असमानता घटेको विषयलाई बढावा दिने सम्भावना रहन्छ । अर्कोतिर सामाजिक संरचनामा नै खलल पुर्‍याउँदै वैश्विक सहकार्यमा समेत असर पुर्‍याउन सक्छ ।’

यसकारणले पनि महामारी संक्रामक रोग प्रभावको सूचीमा पहिलो स्थानमा किन आउँछ भन्ने देखाउँछ । कोभिड–१९ ले व्यापकरूपमा मान्छेको ज्यान मात्रै लिएको छैन, यसले विश्वका केही उच्चतम गरिबी भएको देशमा विकास दर पनि पछि धकेलिदिएको छ । अर्कोतर्फ यसले विश्वभर नै आर्थिक असमानता बढाउँदै लगेको छ ।

यससँगै, महामारीले अन्य स्वास्थ्य संकटसँग जुध्न आवश्यक पर्ने स्रोत नै अभाव हुने हो कि भन्ने चिन्ता थपिदिएको छ । यसमा दादुरा विरुद्धको खोपसमेत पर्छ ।

जलवायु परिवर्तनको चिन्ता

कोभिड–१९ ले ल्याएको अनिवार्य गिरावटका बाबजुद, जलवायु परिवर्तन यस्तो विषय हो जुन विश्वको चुनौतीका रूपमा वर्षभरि नै सूचिमा रह्यो, जसलाई विश्व आर्थिक मञ्चको रिपोर्टले ‘मानव अस्तित्वका लागि खतरा’ का रूपमा व्याख्या गरेको छ ।

लकडाउनका कारण विश्वभर नै विश्व व्यापार र यातायातमा कमी आउँदा कार्बन उत्सर्जनको मात्रा घटेको छ । जसै आर्थिक गतिविधि पुनः सुचारु हुन्छ, उत्सर्जनको मात्रा बढ्ने निश्चित छ ।

२०२१ को चुनौतीसम्बन्धी डाटा, विश्व आर्थिक मञ्चले ग्लोबल रिक्स प्रेसेप्सन सर्भेमार्फत लिएको हो, जो धेरै मानिसको सहभागितापछि प्राप्त भएको हो ।

यो सर्भेमा ६५० मानिसको सहभागिता छ, जसमा युवाहरू बढी छन् । उनीहरूले जलवायुसम्बन्धी चुनौतीलाई ‘सबैभन्दा धेरै प्रभाव र दीर्घकालीन जोखिम’ भएको चुनौतीका रूपमा लिएका छन् । उनीहरूले दुनियाँभरका ‘युवामा मोहभङ्ग’ हुन सक्ने खतरालाई सावधानीका साथ लिएका छन् ।

महामारीले अन्य स्वास्थ्य संकटसँग जुध्न आवश्यक पर्ने स्रोत अभाव हुने हो कि भन्ने चिन्ता थपिदिएको छ । यसमा दादुराविरुद्धको खोपसमेत पर्छ ।  अर्कोतर्फ यसले विश्वभर आर्थिक असमानता बढाउँदै लगेको छ ।

रिपोर्टले भनेको छ— उनीहरूले व्यक्तिगत चुनौतीलाई तत्कालीन खतराको रूपमा लिएका छन् । ‘म्याक्रो’ चुनौतीलाई माध्यम खतरा र मौलिक भूराजनीतिक चुनौतीलाई दीर्घकालीन खतराको रूपमा लिएका छन् ।

संक्रामक रोग, जनजीविकाको संकट, डिजिटल असमानता र युवाहरूको मोहभङ्गलाई उनीहरूले छोटो अवधिको चुनौतीका रूपमा लिएका छन्, जुन अबको दुई वर्षभित्र देखिन सक्छ ।

यस्तै, मध्यम चुनौती जुन अबको तीनदेखि पाँच वर्षको अवधिमा देखिन सक्छ । त्यसमा ‘ग्लोबल शेर्पस’ हरूले सम्पत्तिको रूपमा पहिचान गरेको वस्तुको संकट, आईटी पूर्वाधारको खण्डीकरण, मूल्य अस्थिरता र ऋण संकट हुन सक्ने उनीहरूको आकलन छ ।

दीर्घकालीन चुनौतीको रूपमा सामाजिक विनाश गर्न सक्ने हतियार, राज्य पतन, जैविक विविधताको नोक्सान, प्राविधिक क्षेत्रको व्यापक गिरावट हुनसक्ने अनुमान रिपोर्टले गरेको छ ।

चुनौतीको सामना

सूचीकृत चुनौती बाहेक रिपोर्टले कोभिड–१९ बाट प्राप्त गरेको शिक्षामा जोड दिएको छ जसले वैश्विक लचिलोपन बढाउन सहयोग पुर्‍याउनेछ ।

यसले तार्किक रूपरेखा निर्माण गर्नेदेखि लिएर नयाँ खालको साझेदार निर्माण, स्पष्ट र निरन्तरको वार्ताबाट विश्वासको वातावरण निर्माण गर्ने कुरामा जोड दिन्छ । यसले देशहरूलाई चुनौतीको समयमा प्रतिक्रिया व्यक्त गर्नुको सट्टा सहज अवस्थामै आवश्यक काम गर्न सुझाव दिन्छ ।

विश्व आर्थिक मञ्चको अब आउने भर्चुअल संवादका क्रममा विश्वका नेताहरूलाई यस विषयको सिद्धान्त, नीति र साझेदारी निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछ ।

(लेखक फ्लेमिङ विश्व आर्थिक मञ्चका एजेन्डा कन्ट्रिब्युटर हुन् । जनवरी १९, २०२१ मा विश्व आर्थिक मञ्चमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका