ला लिगा : गेटाफेविरूद्ध बिल्बाओको फराकिलो जित | Khabarhub Khabarhub

ला लिगा : गेटाफेविरूद्ध बिल्बाओको फराकिलो जित


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १२औँ मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए । ५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।

गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए ।

८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो ।

जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । गेटाफे २३ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ०१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही