न्युकिच पकाउने तरिका  | Khabarhub Khabarhub

न्युकिच पकाउने तरिका 


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युकिच यो जेको पनि बनाउन सकिन्छ । जस्तै भेजिटेबल, मासु, चिकेन, मटन, बफ सबैको र भेजिटेबलमा निउटीको पनि र तल बफ किमाको बनाउने तरिका दिइएको छ । यसरी नै सबैलाई बनाउन सकिन्छ ।

आवश्यक सामग्री : 

१ किलो किमा मासु, २०० ग्राम कर्नफ्लोर, २०० ग्राम मैदा, २ वटा अण्डा, १०० ग्राम ब्रेड क्राम, १-१ चियाचम्चा जिरा धनियाँको पाउडर, चिया चम्चाको १-१ चौथाइ मरीच र टिमुरको धुलो, नुन, बेसार, अजिनोमोटो इच्छाअनुसार ।

बनाउने तरिका : 

माथि उल्लेखित मसला किमा, नुन सबै मुछ्नु, मैदा वा कर्नफ्लोरलाई लामो आकारमा बेल्नु र फ्रेन्च पिसमा काट्नु र पानीमा नुन हालेर उमाल्नु । पिस गरेको न्युकिचलाई थोरै थोरै गरी तेलमा फ्राई गरे जस्तै गरी उमालेर पाके पछि निकाल्नु ।

ग्रेबी बनाउने तरिका : 

२०० ग्राम प्याज मसिनो काट्नु अदुवा, लसुन पेस्ट १-१ चिया चम्चा, १०० ग्राम गोलभेँडा पिस गर्नु, ५० ग्राम मरीच पिँध्नु, १-१ चिया चम्चा जिरा धनियाँ, नरिवल पाउडर चिया चम्चाको एक चौथाइ, गरम मसला, बेसार मरीचको धुलो १०० ग्राम, तेल वा वटर पिनट पेस्ट ५० ग्राम, नुन, अजिनोमोटो इच्छाअनुसार । अब तेल तताई प्याजलाई रातो हुने गरी भुट्नु र उल्लेखित सबै मसला गोलभेँडा राखी पकाउनु मसलाबाट तेल निक्लन थालेपछि उमालेको न्युकिच राख्नु र आवश्यक अनुसारको ग्रेवी राख्नु । अब खानलाई तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही