एमाले महाधिवेशनले तोड्दै देउवा-ओली संवादहिनता | Khabarhub Khabarhub

एमाले महाधिवेशनले तोड्दै देउवा-ओली संवादहिनता


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवादहिनता टुट्यो ।

६ महिनायताको यो संवादहिनता एमाले महाधिवेशनले भने तोड्दैछ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् ।

प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा समेत ओली राष्ट्रपति कार्यालय गएनन् । निवर्तमान हुँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ ग्रहण समारोहमा सहभागी हुने परम्परा नै छ । तर, ओलीले त्यो परम्परा तोडेका थिए ।

ओलीले आफूलाई भेट्न नचाहेपछि देउवाले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए । ओली र कार्कीबीच तीनपटकभन्दा बढी भेटवार्ता भइसकेको छ । तर, अब देउवा र ओलीबीच संवादहीनता अन्त्य हुने भएको छ । प्रधानमन्त्री देउवा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने तय भएकाले दुवै नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । उनी हेलिकोप्टरबाट चितवन जानेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १:१५ बजे देउवा काठमाडौं फर्कने छन् ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ३ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन