राजनीतिमा अपराधीकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव | Khabarhub Khabarhub

राजनीतिमा अपराधीकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् ।

जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् ।

‘चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेन’, अध्यक्ष यादवले भने, ‘भ्रष्ट्राचार गरे पसै कमाएको छ अब  उनीहरूकै लागि चुनाव हुनेछ । सर्वसाधारणले त चुनावको बोझ नै उठाउन सक्ने अवस्था छैन ।’

अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था नरहेको उनले बताए । स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

स्थानीय तहमा निर्दलीय निर्वाचन भएको खण्डमा स्वच्छ र इमान्दार व्यक्ति नेतृत्वमा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार मन्त्री तथा स्थानीय तहका मेयर उपमेयरलाई जनताको हितमा काम गर्न निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले दशैँ, दीपावली तथा छठको शुभकामना दिँदै उनले प्रदेशलाई सम्वृद्धिको बाटोमा अगाडी बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध खनिएका थिए । उनले निर्वाचन अघि सिके राउतले मदेसलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १५ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो