महिला फुटबल : गोदावरीको पहिलो जीत दर्ता | Khabarhub Khabarhub

महिला फुटबल : गोदावरीको पहिलो जीत दर्ता


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोदावरी नगरपालिकाले पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो । गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई-दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।

महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु