एक्लिएका प्रधानन्यायाधीश राणालाई प्रधानमन्त्री देउवाको साथ  | Khabarhub Khabarhub

एक्लिएका प्रधानन्यायाधीश राणालाई प्रधानमन्त्री देउवाको साथ 


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बहिष्कारमा परेर एक्लिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको पाइएको छ।

सर्वोच्चको नेतृत्वबाट राजीनामा गरी मार्ग प्रशस्त गर्न प्राय: सबै न्यायाधीशहरु एकमत रहेका बेला पनि प्रधानमन्त्री देउवा प्रधानन्यायाधीश राणाको उद्धार गर्न चाहिरहेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राणालाई महाअभियोग या उनीविरूद्ध नेपाली कांग्रेस, सरकार र गठबन्धनको असहयोग नरहनेमा विश्वस्त पारेपछी राणा राजीनामाको मुडबाट पछि हटेका छन्।

सङ्कटमा परेका राणा लगातार सत्तारुढ दलका नेताहरूसँगको सम्पर्कमा छन्। एकपछि अर्को विवाद र आलोचनाले घेरिएका प्रधानन्यायाधीश राणा दशैंअघिदेखि नै राजनीतिक संरक्षण खोजी रहेका थिए।

राणाले आज बिहानै पनि प्रधानमन्त्री देउवाको साथ रहेकाले पदमा टिक्न कसरत गरेका थिए। उनले बिहानैदेखि धेरैलाई टेलिफोन गरी राजनीतिक तहबाट कुनै अवरोध नरहेको र आफूलाई हटाउन महाअभियोगबाहेक अर्को बाटो नरहेकाले सहयोग गर्न आग्रह गरेका थिए।

संकटमोचनका लागि दसैँ बिदामा पूर्वप्रधानन्याधीश र सत्तारुढ गठबन्धनका नेताहरूसँग भेटवार्ता गरेका राणाले पछिल्ला दिन राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। प्रधानन्यायाधीश राणाले केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटी सहयोग खोजेसँगै उनले मिलेर अघि बढ्ने बचन दिएका थिए।

सर्वोच्चमा एक्लिएपछि पनि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई प्रचण्डले राजीनामै माग्ने तहसम्म नजान दबाब दिएपछि उनले अलमल गर्दै आएका थिए।

सत्तारूढ दलका शीर्ष नेताहरू राणालाई जोगाउन विभिन्न निकायहरूलाई निर्देशन दिँदै आए पनि सर्वोच्चका सबै न्यायाधीशहरु अदालतको गरिमा नै प्रधानन्यायाधीश राणाबाट खल्बलीएकाले उनलाई राजीनामाका लागि दबाब दिने निर्णयमा पुगेका थिए।

हिजो मात्रै सर्वोच्चमा उपलब्ध १४ जना र बिदामा रहेका गरी सबै न्यायाधिसहरु उनीविरुद्ध उभिने निर्णय गरेका थिए। राणाले आजका लागि डोकेको ‘फुलकोर्ट’ बहिष्कार गर्दै न्यायाधीशहरु अहिले पनि बैठकमा छन्।

जबराले आजका लागि तोकेका इजलासमा नगई सर्वोच्चका सबै न्यायाधीशहरुले इजलास बहिष्कार र भद्र अवज्ञा गर्दा पनि सत्तारुढ गठबन्धन मौन छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : २८ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु