बाङ्ग्लादेशमा हिन्दुमाथिको द्वेष | Khabarhub Khabarhub

बाङ्ग्लादेशमा हिन्दुमाथिको द्वेष


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत केही दिनदेखि बाङ्ग्लादेशमा साम्प्रदायिक तनाव चलिरहेको छ । एउटा फेसबुक पोस्टका कारण भड्केको हिंसामा त्यहाँ दुर्गापूजाका पन्डालहरू तोडफोड गरिए । यस क्रममा कम्तीमा १५० हिन्दु परिवारमाथि हमला भयो ।

हमलामा चार जनाको मृत्यु भएको र ७० जनाभन्दा बढी घाइते भएको आधिकारिक पुष्टि भएको छ ।

बाङ्ग्लादेशको कोमिल्ला जिल्लास्थित एउटा दुर्गापूजा पन्डालमा कुरानको अनादर गरेको भनेर फैलिएको अफबाहपछि हिंसा भएको हो । यस पटकको दुर्गापूजामा बाङ्ग्लादेशका २२ वटाभन्दा बढी जिल्लामा हिंसात्मक घटना भयो जसमा हिन्दुहरूका १५० भन्दा बढी दुर्गापूजा पन्डाल र इस्काँन मन्दिर आगो लगाएर ध्वस्त पारिए । देवी–देवताका मूर्ति तोडफोड गरिए र हिन्दूहरू कुटिए ।

फेनीमा हिन्दूहरूका पसल लुटपाट गरिए । चटगाँव, नोवाखली लगायत व्यापक आवादी भएका क्षेत्रहरू पनि हिन्दुहरू विरुद्ध हिंसा भयो । नोवाखलीमा इस्काँन मन्दिर जलाइयो ।

बाङ्ग्लादेशमा हाल साम्प्रदायिक हिंसा थप उत्तेजित बनाउन कट्टरपन्थी मुस्लिम सङ्गठन ‘इस्लामी आन्दोलन पार्टी’ सक्रिय रहेको देखिन्छ । मुस्लिम कट्टरपन्थीले गरेको साङ्घातिक आक्रमणबाट सुरक्षित महसुस गराउन प्रशासन असफल भएको बाङ्ग्लादेशी हिन्दूहरूको आरोप छ।
मुस्लिम कट्टरपन्थीहरूले राजधानी ढाकामा केही हजारको जुलुस निकालेर हिन्दूहरूलाई फाँसी दिन मााग गरे ।

हाल बाङ्ग्लादेशको १६ करोड कुल जनसङ्ख्यामध्ये हिन्दूको संख्या साढे ८ प्रतिशत मात्र छ । सन् १९५२ को जनगणनामा हिन्दुको संख्या २२ प्रतिशत थियो । ‘इस्लामी आन्दोलन’ वा ‘इस्लामी शाशोनतन्त्रा’ बाट प्रेरित मुस्लिम कट्टरपन्थीहरूबाट हिन्दुहरूमाथि प्रायः हमला भइरन्छ।

पछिल्लो संसदीय निर्वाचनबाट तेस्रो ठूलो पार्टी बन्न सफल रोहिङ्ग्या समर्थक कट्टरपन्थी उग्र इस्लामिक सङ्गठन ‘इस्लामी आन्दोलन बाङ्ग्लादेश पार्टी’ ले विगतमा पनि हिन्दु, बौद्ध र इसाई धर्मावलम्बीहरूमाथि योजनाबद्ध अक्रमण गर्दै आएको छ । पछिल्लो हिंसा त्यसैको निरन्तरता हो ।

बाङ्ग्लादेशमा दशैँको दुर्गापूजामा हिन्दूहरूमाथि आक्रमण हुँदा यता हामी नेपालीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिवस मनायौँ । नेपालमा दलहरूले भोट तान्नु छ । हामी धर्म निरपेक्ष भएका छौँ, बाङ्ग्लादेशमा हिन्दु मास्ने अभियान चलेको छ । 

हिन्दुहरूका लागि बाङ्ग्लादेशको विशेष महत्व छ । हिन्दु धर्मका शाक्त मतावलम्बीहरूका लागि बाङ्ग्लादेश महत्वपूर्ण सांस्कृतिक स्थान हो। हिन्दू धर्म ग्रन्थअनुसार सत्य युगमा दक्ष प्रजापतिकी छोरी सतिदेवी थिइन् । स्वस्थानी व्रत कथा लगायत सबै ग्रन्थहरूमा सतिदेवीको बारेमा उल्लेख गरिएको छ ।

हिन्दु धर्मग्रन्थअनुसार बुबाले महायज्ञको आयोजना गर्दा अरू सबैलाई निम्ता गरेको तर आफ्नो पति महादेवलाई निम्ता नगरेको कारण अपमानित महसुस गरेर यज्ञकुण्डमा हाम फालेर सतिदेवीले आफ्नो प्राण त्यागेकी थिइन् ।

त्यसरी प्राणत्याग गरेको समाचारबाट क्रोधित भगवान शिवले दक्षको यज्ञ तहस नहस पार्दै सतिदेवीको मृत शरीर बोक्ने हिँड्न थाले ।
भगवान शिवले मृत शरीर बोकेर हिँडेको बेलामा सतिदेवीका अङ्गहरू विभिन्न ठाउँहरूमा पतन भए । यसरी सतिअङ्ग पतन भएका ठाउँहरूमा सिद्धपीठ, देवी, योगिनी र महादेव मन्दिर रहेका छन् । यी मध्ये पाँच वटा शक्तिपीठ बाङ्ग्लादेशमा छन् ।

बाङ्ग्लादेशको सिल्हैट जिल्लाबाट उत्तरपूर्वस्थित जैनपुर गाँउनजिक श्रीशैल, शेरपुर बागुरा स्टेशनबाट २८ किमि टाढा भवानीपुर गाँवनजिक करतोया तट स्थानमा शक्तिपीठ अर्पण, खुलना जिल्ला अन्तर्गत ईश्वरीपुरको यशोर स्थानमा यशोरेश्वरी मन्दिर छ ।

चिट्टागौँग (चटगाँव) जिल्लाको सीताकुण्ड स्टेशन निकट चन्द्रनाथ पर्वत शिखरमा अवस्थित शक्तिपीठ भवानी र सिल्हैट जिल्लाको जयन्तीया परगना अन्तर्गत भोरभोग गाँउ नजिक कालाजोरको खासी पर्वतमाथि जयन्ती मन्दिर छ ।

ब्रिटिस औपनिवेशिक शासनबाट मुक्त हुँदा बाङ्ग्लादेशमा हिन्दूहरूको तत्काल कायम जनसङ्ख्या घट्दै गएर हाल त्यसको एक तिहाइमात्र बाँकी छ । यो संख्या बाङ्ग्लादेशको कुल जनसंख्याको साढे ८ प्रतिशत हो ।

नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को ४ दशमलव ४ प्रतिशत अर्थात ११ लाख ६४ हजार २५५ मुस्लिम जनसंख्या रहेको थियो ।

नेपालमा मुस्लिम जनसङ्ख्या साढे ४ प्रतिशतको हाराहारी छ । बाङ्ग्लादेशमा साढे ८ प्रतिशत हिन्दुहरूले यसपालि दुर्गापूजामा हिंसा सहनु प¥यो । यता नेपालमा सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद को जन्मदिनमा बिदा दियो ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्वप्रशासक भीम उपाध्यायले मोहम्मदको जन्मदिनमा बिदा दिने सम्भवतः विश्वको एकमात्र राष्ट्र नेपाल हो भनेर लेखे । नेपालमा मतदाता रिझाउने चलन निकै बलियो छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को ४ दशमलव ४ प्रतिशत अर्थात ११ लाख ६४ हजार २५५ मुस्लिम जनसंख्या रहेको थियो । उक्त जनगणना अनुसार हिमाली क्षेत्रमा ४६४ जना, पहाडी जिल्लामा ५६ हजार ३३९ र मधेसमा ११ लाख ७ हजार ४५२ मुस्लिम जनसांख्यिक वितरण थियो ।

कुल मुस्लिम आवादीको ९५ प्रतिशत मधेसमा छ । जिल्लाका आधारमा सबैभन्दा धेरै रौतहटमा १ लाख ३५ हजार २८३ मुस्लिम जनसंख्या रहेको छ । जनगणना २०६८ मा ताप्लेजुङमा २ जना मुस्लिम रहेको उल्लेख गरिएको छ ।

बहुदलीय व्यवस्था पुनस्र्थापनापछिको पहिलो आम निर्वाचनमा बहुसङ्ख्यक मुस्लिम मतदान नेपाली कांग्रेसको पक्षमा भयो । पछिल्लो संसदीय निर्वाचनमा अधिकांश मुस्लिम मतदाताले एमाले–माओवादी गठबन्धनलाई मतदान गरेको तथ्याङ्क छ ।

नेपालमा पनि हिन्दुविरुद्ध छिटफुट गतिविधि हुने गरेको छ । केही दिन पहिले हिन्दूहरूका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरको सन्ध्या आरती हुने ठाउँमा एकजना मुसलमानले नमाज पढे ।

प्रश्न उठ्नु स्वाभाविक हुन्छ नेपालको कुनै मस्जिदभित्र हिन्दुले हनुमान चालीसा पाठ गरेको भए के हुन्थ्यो ! एक मुसलमान युवकले जानकी मन्दिर प्राङ्गणमा इस्लामिक झण्डासहित प्रदर्शन गरे । उनीमाथि प्रशासनले कारबाही गरेको छ ।

धर्म निरपेक्ष संविधान बनाएपछि नेपालका केही नेताहरू हिन्दुत्वमाथि प्रत्यक्ष वा परोक्षरूपमा खनिन थालेका छन् । हिन्दु आस्थासँग जोडिने मूल्य मान्यताको उपहास गर्नु ‘असली धर्मनिरपेक्षता’ जस्तो देखिन थालेको छ ।

अफगानिस्तानलाई तालिबानीहरूले कब्जा गरेपछि दक्षिण एसियाका इस्लामिक राष्ट्रहरू पाकिस्तान र बाङ्ग्लादेशमा कट्टरपन्थी उग्र मुस्लिम सङ्गठनहरूको हौसला बढेको देखिन्छ ।

यता नेपालमा समग्र हिन्दु समाजलाई प्रकृतिपूजक, मष्टो, बोन लगायतमा खण्डित गर्ने प्रयास भएको छ । आफ्नै भूमिमा पुस्तैनी बसोबास गर्नेलाई अनागरिक देख्नेहरू रोहिङ्ग्यालाई नेपाली बनाउन कम्मर कसेर लागेका छन् । यसतर्फ ध्यान दिन आवश्यक भएको छ ।

नेपाली समाज धार्मिक सहिष्णुता सम्पन्न समाज हो । यहाँ एकअर्काका विरुद्ध गतिविधि नगरी आआफ्नो धर्मसंस्कार मान्न कुनै बाधाअवरोध छैन ।

यस्तो समाजमा धार्मिक द्वन्द्वको विष घोलिन नपाओस् भन्नेतर्फ हाम्रा नेताहरू सचेत रहून् । राजनीतिक भनेको क्षणिक स्वार्थको खेल होइन । सामाजिक विविधतायुक्त नेपालमा दूरदृष्टि आवश्यक छ । नेताहरूलाई चेतना होस् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६