लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार | Khabarhub Khabarhub

लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तुलसी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेस्ट म्युजिक अवार्ड २०२१’मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको बताए ।

सुवेदीले विभिन्न साप्ताहिक, मासिक, पाक्षिक पत्रिका हुँदै टेलिभिजन तथा नयाँ पत्रिका दैनिकमा लामो समय पत्रकारिता गरेका थिए भने गिरी पछिल्लो केही वर्षयता रातोपाटी डटकममा कार्यरत छन् ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भइसकेको छ । अवार्ड ३६ विधामा प्रदान गरिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ४३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न