ईपीएल : टस जितेको काठमाडौँ ललितपुरविरुद्ध फिल्डिङमा | Khabarhub Khabarhub

ईपीएल : टस जितेको काठमाडौँ ललितपुरविरुद्ध फिल्डिङमा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा अहिले काठमाडौँ किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा भइरहेको छ ।

त्रिवि मैदानमा जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका छन् ।

ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् । आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौँ आएका हुन् ।

आजको खेलमा काठमाडौँको टोलीमा सन्दीप लामिछाने, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी र रहमानउल्लाह गरबाज छन् ।

त्यस्तै ललितपुरमा कुशल भुर्तेल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ३० बजे

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।