के हो डिमेन्सिया ? बुढ्यौलीमा बिर्सने बानी रोग हो ? | Khabarhub Khabarhub

के हो डिमेन्सिया ? बुढ्यौलीमा बिर्सने बानी रोग हो ?


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य बिर्सने समस्याबाट सुरु हुने डिमेन्सिया एक किसिमको नसा तथा मानसिकसम्बन्धी रोग हो । सामान्यतया यस्तो रोग ६५ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई हुने गर्दछ । तर, यो समस्या केवल उमेरका कारणले मात्र नहुन सक्छ ।

बुढ्यौली उमेरमा बिर्सने बानी हुनु धेरैले सामान्य नै मान्छन् । तर बिर्सने समस्याबाट सुरु हुने यो रोगले पछि बोल्न समस्या हुने, बोल्न नसक्ने या वस्तुहरूको पहिचान नै गर्न नसक्ने पनि हुन्छ ।

पछिपछि चर्पीको पहिचान गर्न नसक्ने, जतापायो त्यतै दिसापिसाब गर्ने, आफ्नो कपडाको पहिचान गरी राम्रोसँग लगाउन नसक्नेजस्ता समस्या समेत हुन सक्छ । जसलका कारण आफ्नो जीवन निर्वाह गर्न अरूको भर पर्नुपर्ने हुन्छ ।

लक्षण
समस्या जटिल हुँदै जाने क्रममा डिमेन्सियामा मानसिक समस्याहरू थपिँदै जान्छन् । यस्तो अवस्थामा निम्न लक्षण देखिन सक्छ :
– एक्लै रुने
– एक्लै बर्बराउने
– विनाकारण रिसाउने
– शंका गर्ने
– निन्द्रा नपर्ने
– एकैछिनमा रुने एकैछिनमा हाँस्ने

रोगको पछिल्लो अवस्थामा बिरामीको आफ्ना गुण र व्यवहारमा परिवर्तन हुने गर्दछ । डिमेन्सियाको प्रमुख कारण अल्जाइमर्स हो । यी बाहेक अन्य धेरै रोग तथा टाउकोमा चोट लाग्नु, अल्कोहोल आदि कारणले यो समस्या हुने गर्दछ । यस्तो समस्या हुँदा मुख्यतः मस्तिष्कको तौल घट्ने, खुम्चने र भेन्ट्रिकल्स सुन्निने हुन्छ ।

रोकथाम
यो रोगबाट बच्न मस्तिष्कको व्यायाम आवश्यक हुन्छ । त्यसैले शारीरिक व्यायामका साथै मष्तिकको व्यायाम गर्नु पर्दछ । यसकालागि पढ्ने, लेख्ने, हिसाब गर्ने, क्रसवर्ड, दिमागी खेल, चेस खेल्ने बानी गर्दा दिमागलाई लाभ पुग्दछ ।

माथिल्लो तहसम्म अध्ययन गरेका आइक्युका विज्ञहरूमा यस्ता समस्या कम हुन्छन् । त्यस्तै, हरियो चिया, क्याफिन, डार्क चकलेट, रेड वाइन, भिटामिन बी १२, भिटामिन ईलगायत खाद्य पदार्थ खाने व्यक्तिहरूमा पनि यो समस्या देखिने सम्भावना कम रहन्छ ।

यस अलावा रक्तचाप र चिनी रोगलाई नियन्त्रण गर्ने, चिल्लो कम खाने र महिनावारी बन्द भएका महिलाहरूलाई इस्ट्रोजिन हार्मोन दिनुजस्ता कार्यले लाभ पुर्‍याउँछ । समयमै उपचार गरे धेरै समस्याबाट बच्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०