बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण | Khabarhub Khabarhub

बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेस्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाइनान्सले सोही वडाको न्यूरोड, पिपलवोटस्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको फाइनान्सले जनाएको छ ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरू मर्ज भई बनेको यस बेस्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिँदै आएको छ ।

संस्थाबाट हाल डिजिटल बैकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरू समेत प्रदान गर्दै आएको फाइनान्सले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ४० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई