अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण | Khabarhub Khabarhub

अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर- अमेरिकाले पाकिस्तानको सैन्य आधारहरु तथा हवाई क्षेत्र प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले पाकिस्तानी सरकारसँग स्पष्टीकरण मागेको छ ।

जमात ए इस्लामीका अध्यक्ष सिरज उल हकले प्रधानमन्त्री इमरान खान समक्ष अमेरिकी भनाइप्रति स्पष्टीकरण मागेका हुन् । प्रधानमन्त्री खानको सरकारले जेनरल परभेज मुसरफको गल्ति दोहोर्‍याए ठूलो संकट निम्तिने हकले चेतावनी दिएका छन् ।

पाकिस्तानले अन्य मुलुकको युद्धमा सहभागी भएर असी हजार जनाको ज्यान गुमाएको साथै सय अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार क्षति भएको उनले टिप्पणी गरे ।

जेनरल परभेज मुसरफको नीति भन्दा फरक गर्ने दाबी गरेपनि प्रधानमन्त्री इमरान खानको सरकारले सुरुवाति पहिलो तीन वर्षमै संकटमा फसेको हकले टिप्पणी गरे ।

वर्तमान सरकारले निम्त्याएको समस्या समाधान गर्न आगामी पुस्तालाई धेरै गाह्रो हुने उनले बताए । वैदेशिक युद्ध तथा सैन्य गतिविधिमा संलग्न हुँदा आन्तरिक सुरक्षा खतरा हुने भन्दै हकले प्रधानमन्त्री खानको आर्थिक व्यावस्थापकले आर्थिक समृद्धिको झुटो प्रतिबद्धता गरेको स्टेट बैंक अफ पाकिस्तानको रिपोर्ट उल्लेख गरे ।

साथै प्रधानमन्त्री खान नेतृत्वको सरकारले भारी मात्रामा लिएको वैदेशिक ऋणबारे सार्वजनिक गर्न जमात ए इस्लामी नेता हकले माग गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : २८ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले