कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप | Khabarhub Khabarhub

कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेत सरकारले गैरकानुनी रुपमा बसेका विदेश श्रमिकहरूलाई पनि कोरोना बिरुद्धको खोप उपलब्ध गराएको छ ।

गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले बिहिबारसम्म कुवेतको ओफ्रा हेल्थसेन्टरमा खोप पुगेर खोप लगाउन सकिने गैरआबासीय नेपाली संघ (एनआरएनए)कुवेतले जनाएको छ ।

त्यहाँको सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी श्रमिकको लगि खोप शिविर सञ्चालन गरी खोप दिईरहेको र समयमै खोप लगाई मौका फाइदा लिन गैरकानुनी रुपमा कार्यरत नेपालीलाई संघले अनुरोध गरेको छ ।

खोपका लागि आवस्यक पर्ने कागजपत्रहरु जस्तै, पासपोर्ट वा सिभिल आइडिको फोटो मोबाइलमा हुनुपर्ने, मोबाइलमा लोकल कलवाला सिमकार्ड अनिवार्य रुपमा लिएर जानु पर्नेछ ।

यदि कसैले अरुको पासपोर्ट कपि लिएर खोप केन्द्र गएको पाइएमा त्यहाँको सरकारले कानून बमोजिम कारवाही संघले जनाएको छ । दिउँसो चर्को घाममा लाइन बसेर खोप लगाउने नेपालीलाई थप समस्या नहोस् भनेर संघले आवश्यक समन्वय गर्नुका साथै पिउने पानी पनि वितरण गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ५३ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु