प्रदेशमै राजपत्र छापिने | Khabarhub Khabarhub

प्रदेशमै राजपत्र छापिने


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए ।

उनले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताए । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ ।

मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री जोशीले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने विश्वास व्यक्त गरे ।

अब प्रदेशमै मेसिन आइसकेकाले प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने उनको भनाइ छ । मुद्रण मेसिन रु २७ लाख ८० हजारमा खरिद गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ३५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०