काठमाडौँको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्रीलाई लेखे पत्र | Khabarhub Khabarhub

काठमाडौँको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्रीलाई लेखे पत्र


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि काठमाडौँ महानगरपालिकाका मेय विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका छन् ।

मेयर शाक्यले फोहोर उठाउन समस्या भएपछि मंगलबार पत्र लेख्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

उनले पत्रमा बञ्चरेडाँडा ल्यान्डफिल साइट र त्यहाँसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक–पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराएका हुन् ।

मेयर शाक्यले पत्रमा लेखेका छन्, ‘वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिन अनुरोध गर्दछु ।’

पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । उनले सबै विकल्प सकिएकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उपत्यकाका १८ सहित काभ्रे, धादिङ र नुवाकोटका गरी २० स्थानीय तहको फोहोर व्यवस्थापन हुने सिसडोलमा करिब दुई सातादेखि फोहोर विसर्जन गर्न सकिएको छैन ।

फोहोरको डंगुरबाटै बाटो बनाउने र डोजरको सहायताले सवारीसाधन ठेलेर फोहोर विसर्जन गर्ने स्थानसम्म पुर्‍याउनुपर्ने अवस्थाले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको छ ।

वञ्चरेडाँडा ल्यान्डफिल साइट तयार नभएका कारण फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या झेल्नुपरेको कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ । बञ्चरे ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा पाएको शहरी विकास तथा भवन निर्माण विभागले फोहोरको डंगुरबाट बाटो निर्माण गर्नुपर्ने भएकाले समस्या आएको जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३० बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो