राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिए | Khabarhub Khabarhub

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बिदा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको हो ।

टिमबाट बाहिरिने अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ ।

अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र छनोटमा रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन