अर्थतन्त्रका चुनौतीबारे अर्थमन्त्रीद्वारा पूर्वअर्थमन्त्रीसँग छलफल | Khabarhub Khabarhub

अर्थतन्त्रका चुनौतीबारे अर्थमन्त्रीद्वारा पूर्वअर्थमन्त्रीसँग छलफल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।

अर्थमन्त्री शर्माले आज पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए । उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गरे ।

कोरोना महामारीका कारण अर्थतन्त्रको परिदृश्य गतिलो नदेखिएकाले सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको सुझाव थियो ।

यस्तै, पूँजीगत खर्चमा हुनु नसक्नु अर्थतन्त्रको अर्को चुनौती भएकाले यसमा विशेष ध्यान दिन आग्रह गर्दै उहाँहरूले त्यसका पछाडि मन्त्रालयगत समस्या हो वा अर्थमन्त्रालयको कमजोरी हो भन्नेबारे समीक्षा गर्न आग्रह गर्नुभयो । उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उनीहरुको जोड थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ३० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको