सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ २२ स्मार्टफोन | Khabarhub Khabarhub

सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ २२ स्मार्टफोन


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी अफर’ ल्याएको छ ।

यस योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (सय रुपैयाँसम्म) प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहारमा ७ जना भाग्यशाली विजेताले सामसङ ग्यालेक्सी एफ२२ पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना आजदेखि साउन १६ गतेसम्म लागू हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो । जसमा रियल टाइममा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका फिचर रहेका छन् ।

यसमार्फत विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, बीमा भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टलगायतमा भुक्तानी गर्न सकिने छ । त्यस्तै फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम ट्रान्सफर, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी लगायतमा रियल टाइममा कारोबार गर्न सकिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ४६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको