टोकियो ओलम्पिक : घरेलु टोली जापानको उत्कृष्ट प्रदर्शन | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : घरेलु टोली जापानको उत्कृष्ट प्रदर्शन


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो आलेम्पिकमा घरेलु टोली जापान प्रभावशाली देखिएको छ । आइतबार एकै दिन जापानले चार स्वर्ण पदक हात पारेको छ । इतिहासमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने योजनामा अघि बढेको जापान सुरुवाती दिनमा सफल देखिएको छ ।

आइतबार चीनले पनि तीन स्वर्ण पदक जित्दै अग्रता कायम राखेको छ । चीनका लागि उपयुक्त ठहरिएका डाइभिङ र भारोत्तोलनमा आइतबार तीन सवर्ण पदक जितेको हो । भारोत्तोलनमा चीनकै बराबरीको अर्को शक्ति उत्तर कोरिया यस पटकको ओलम्पिकमा सहभागी नभएपछि यसको फाइदा चीनलाई प्रस्ट रूपमा देखिएको छ ।

कोरोना महामारीको कारण सबैभन्दा धेरै प्रभावित भएर तयारीमा समस्या भोगेको अमेरिका भने पहिलो दिनको तुलनामा दोस्रो दिनमा लयमा देखिएको छ । पौडीको ४०० मिटर व्यक्तिगत मेड्लीमा चेज कालिज र जे लीथरल्यान्डले स्वर्ण र र रजत जिते पछि अमेरिकाको पदकको यात्रा सुरु भएको हो । कालिजले स्वर्ण जितेको सो स्पर्धामा अस्ट्रेलियाका ब्रान्डन स्मिथले कांस्य पदक जिते ।

पुरुषको ४०० मिटर फ्रिस्टाइलमा ट्युनेसियाका हाफनोइ अहमदले सबैको अनुमानलाई गलत साबित गर्दै स्वर्ण जिते । सो स्पर्धामा अस्ट्रेलियाका ज्याक म्यागलिनले रजत र अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते ।

महिलाहरूको ४०० मिटर मेड्लीमा जापानकी युही ओहासीले स्वर्ण पदक जितिन् । अमेरिकाकी एमा एवेन्टले रजत र अमेरिकाकै हेली फ्लिकिन्गरले कास्य पदक जिते । महिला ४ गुणा सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले विश्व कीर्तिमान सहित स्वर्ण पदक जित्यो भने क्यानडाले रजत तथा अमेरिकाले कास्य पदक जिते ।

जापान आइतबार टुङ्गो लागेको जुडोको दुई वटै स्पर्धामा स्वर्ण पदक सफल भयो । जापानकी एबे युताले महिला ५२ किलो तौल समूहमा स्वर्ण पदक जितिन् । फ्रान्सकी बचार्ड अमान्डाइनले रजत तथा हङ्गेरीकी पप रेका र बेलायतकी चेल्सी गील्सले कास्य पदक जिते ।

पुरुष ६६ किलो तौल समूहमा जापानकी ऐबेहाइ मुफीले स्वर्ण पदक जितिन् । जर्जीयाकी भाजा लाभ्गेसीलीले रजत पदक जितिन् । दक्षिण कोरियाका ए एन बाउल र ब्राजिलका डानियल काग्नानीले कास्य पदक जिते ।

आइतबार भएको स्केट बोर्डिङको केन स्ट्रिटमा जापानका युटो होरीगोमेले स्वर्ण, ब्राजिलका भेल्भिन होइफरले रजत तथा अमेरिकाका एटन जागरले कास्य पदक जिते ।

आर्चरीको महिला टिम स्पर्धामा दक्षिण कोरिया पहिलो भयो रसिया ओलम्पिक कमिटी दोस्रो तथा जर्मनी तेस्रो भए । साइक्लिङको रोड रेसमा अस्ट्रियाकी अन्ना काइसोन्फेरले स्वर्ण, नेदरल्यान्डकी भान भ्लुटेनले रजत तथा इटालीकी एलिसा लङ्गोले कास्य पदक जिते ।

सुटिङको महिला १० मिटर एयर पिस्तोलमा ओलम्पिक कमिटी अफ रसियाकी भिटालिना बाट्सा राखिनाले स्वर्ण, बुल्गेरियाकी एन्टोनेटा कोसटाडिनोभाले रजत तथा चीनकी जीयाङ रान्छिन्ले कास्य पदक जिते । पुरुषको १० मिटर राइफलमा अमेरिकाका विलियम सानरले स्वर्ण, चीनका लिहावो सेङले रजत तथा चीनकै यान होराङले कास्य पदक जिते ।

फेन्सिङको महिला एकल फोइलमा रुस ओलम्पिक कमिटीकी अन्ना डेरिगलोभालाई फाइनलमा हराउँदै अमेरिकी केइफर लीले स्वर्ण पदक जितिन् । युक्रेनकी आइगोर रेजिनले कास्य पदक जितिन् ।

यसैगरी पुरुषको व्यक्तिगत एपेमा हङ्गेरीका जर्जी सिकोल्सीलाई फाइनलमा हराउँदै फ्रान्सका क्यानोन रोमनले स्वर्ण पदक जिते । युक्रेनका आइगर रेइजलीनले कास्य पदक जिते ।

भारोत्तोलनको ६१ किलो तौल समूहमा चीनकी फाबियन लीले स्वर्ण, इन्डोनेसियाकी इरावन एको युलीले रजत र काजकस्तानका आइगर काजसनले कांस्य पदक जिते ।

यसै गरी ६७ किलो तौल समूहमा चीनका चेन ली जुयनले स्वर्ण पदक जिते । कोलम्बियाका मिस्कुरा लान्जोले रजत र इटालीका मार्को जानीले कास्य पदक जिते । डाइभिङको तीन मिटर स्प्रिङबोर्डमा चीनले स्वर्ण, क्यानडाले रजत तथा जर्मनीले कांस्य पदक जिते ।

तेक्वान्दोको महिला ५७ किलो तौल समूहमा अमेरिकाकी जोलोटिक अनास्टाजासियाले स्वर्ण तथा रुसी ओलम्पिक कमिटीकी टाटीयाना मीमानाले रजत पदक जिते । पुरुषको ६८ किलो तौल समूहमा उज्बेकिस्तानका रासितोभ उलुबेगले स्वर्ण तथा बेलायतका सिन्डेन ब्राडलीले रजत पदक जिते । सो स्पर्धामा टर्कीकी हाकन रेकेबर तथा चाइनिज ताइपेइकी लोजिया पिङले कांस्य पदक जिते ।
सफ्ट बलमा जापान र अमेरिकाको बिच स्वर्ण पदकका लागि भिडन्त हुने भएको छ ।

यस ओलम्पिकमा अमेरिकालाई एकपछि अर्को धक्का लाग्ने क्रममा महिला जिम्न्यास्टिकको टिममा एकदमै बलियो मानिए पनि फाइनल प्रवेश गर्ने क्रममा दोस्रो स्थानमा रहेको छ । ओलम्पिक कमिटी अफ रुसको १७१ दशमलव ६२९ तथा अमेरिकाको १७०.५६२ अङ्क रहेको छ । यो अग्रतालाई जोगाउँदै स्वर्ण पदक जित्ने कुरामा रुसी टोली आशावादी रहेको छ ।

आइतबार अमेरिकी टोलीले अन्डर पार प्रदर्शन गरेकोमा आलोचना भएको छ । अहिलेकी स्टार खेलाडी सिमोन वाइल्स नै परेफेक्ट रहिनन् भने फ्लोेरमा ग्रेस म्याककुलुम र सुनिसा लीले कमजोर प्रदर्शन गरेका थिए । वाइल्स टिमका अलावा, फ्लोर भल्भ र बिममा छनोट भइन् । ली अलराण्डमा फाइनल चरणका लागि छनोट भएकी छिन् ।

कोरोना सङ्क्रमणको असर पनि यस ओलम्पिकमा देखिएको छ । शीर्ष बरियताका गल्फ खेलाडी जोन रहिम कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । बिहीबार शुरू हुने गल्फमा स्पेनबाट एड्री एरानसमात्र एक्लो प्रतिनिधिको रूपमा रहेका छन् । गत जुनमा प्रतियोगिता खेल्दै अग्रस्थानमा रहेका उनले बीचबाटै प्रतियोगिता त्यागेका थिए । त्यसपछि उनले युएस ओपन गल्फ जितेका थिए ।

–ऐजेन्सीहरूको सहयोगमा

यस्तो छ पदक तालिका 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ४८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०