८३४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

८३४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३४ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६६६ कोरोना संक्रमितको आईसीयूमा र १६८ को भेन्टिलेटरमा गरी कुल ८३४ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०६ जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको भइरहेको छ। यसैगरी वाग्मती प्रदेशमा ४०८ जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ३० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही