राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ४५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा