निर्मला प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन | Khabarhub Khabarhub

निर्मला प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ। साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी उनको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा र्‍याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छुट्टै टोली परिचालित छन् ।

घटनामा संलग्न जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका–१९बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका उनलाई अभियुक्त बनाएको आक्रोशमा आन्दोलन चर्कियो । अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो ।

आन्दोलन मुलुकभर भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त–१८ सालघारीका सनी खुनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व संहाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै आपराधि पत्ता लाग्न भने सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले केन्द्र, प्रदेश र जिल्ला प्रहरीको गरी तीन वटा टोली घटनाको अनुसन्धान निरन्तर खटिएको जानकारी दिए । “दोषीलाई कानूनी दायरामा ल्याउने भनेकै प्रहरीले हो ।” उनले भने,“ दोषी उम्किन पाउँदैनन् ।”

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ५० बजे

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो