९२ प्रतिशत रोपाइँ सकियो | Khabarhub Khabarhub

९२ प्रतिशत रोपाइँ सकियो


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ ।

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ ।

भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।

यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यसवर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उनको भनाइ छ । गत वर्षमा भदौको अन्त्यसम्म धान रोपाइँ हुने गर्दथ्यो ।

यहाँको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी ७२.७ प्रतिशत जमीनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानएको छ । गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धान लगाइएको थियो । चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ११ बजे

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ