जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराबाट दुई युवकलाई पक्राउ गरेको छ ।

परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार आलिताल गाउँपालिकाकी एक १८ वर्षीय किशोरीलाई साउन ५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै उनीहरूले बाटोमै जबरजस्ती करणी गरेका थिए । ती किशोरीले यसबारे उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएका हो ।

पक्राउ परेका दुबै युवकमाथि अदालतबाट सात दिने म्याद लिएर अनुसन्धान भइरहको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : १० बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार