मलेसियाबाट बिरामी नेपालीको उद्धार | Khabarhub Khabarhub

मलेसियाबाट बिरामी नेपालीको उद्धार


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- जनउद्धार केन्द्र मलेसियाले प्यारालाइसिसले थला परेका एक नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ ।

अवैधानिक रुपमा मलेसियाको मेलाका राज्यमा काम गर्दै आएका नवलपरासीको साविक हरपुर- ५ का ४० वर्षीय हरिशचन्द्र केवटलाई उद्धार गरी स्वदेश पठाइएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

हरिशचन्द्रको अवस्था थाहा पाएपछि उनको परिवार र साथीहरूले जनउद्धार केन्द्र समक्ष सहयोगको याचना गरेपछि शुक्रबार हिमालयन एअरलाइन्सको उडान मार्फत स्वदेश पठाइएको अध्यक्ष थापाले बताए ।

थापाका अनुसार प्रतिकुल परिस्थितिको फाइदा उठाउँदै उनी कार्यरत कम्पनीले उपचारमा मोटो रकम खर्च भएकोले नेपाल पठाउन नसक्ने जवाफ दिएको थियो । कम्पनीले नै उपचारमा समेत पन्छिन खोजेपछि आफूहरुले सहयोग गरेको उनले बताए ।

शारीरिक रुपमा पनि अशक्त भएकोले उनीसँग साथमा नेपालसम्म पुग्नेगरी एक सहयोगी पनि साथमा पठाइएको थापाले बताए । बिरामीको अवस्थाबारे परिवारले जनउद्धार केन्द्रलाई निवेदन दिएपछि उनको उद्धारमा केन्द्र लागि परेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : २० बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश