पारदर्शी ढंगले क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पौडेल पक्षीय नेताहरुको निष्कर्ष  | Khabarhub Khabarhub

पारदर्शी ढंगले क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पौडेल पक्षीय नेताहरुको निष्कर्ष 


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेताहरुले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेताहरुले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशील सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो ।

वडा समितिको अधिवेशन अघि नै क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए ।

त्यस्तै सभापतिको उम्मेदवारका विषयमा पनि छलफल भएको उनले बताए । त्यस्तै नेता अर्जुन नरसिंह केसीले क्रियाशील सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदर्शी ढंगले यस विषयको अन्तिम टुङ्गो लाग्नुपर्ने बताए ।

महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल भएको नेताहरुले जनाएका छन् । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् । वरिष्ठ नेता पौडेलसहित सो समूहको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला लगायतका नेताहरुको सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ०१ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै