नेपाललाई इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

नेपाललाई इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न युरोपेली मुलुक इटालीले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री नेपाललाई उपलब्ध गराएको हो ।

आज शुक्रबार नेपाल आइपुगेको ती उपकरण तथा सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् छन् ।

टिम युरोप मर्मलाई आत्मसाथ गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित थिए ।

“लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपाललाई यस्तो सहयोग प्रदान गरिरहेका छन् । यी स्वास्थ्य सामग्र्रीहरुले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्‍याउने छ । यी सामग्रीहरु तथा जनस्वास्थ्यका उपायहरुले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पुर्‍याउने छ”, नेपालका लागि युरोपियन युनियनकी राजदूत डेप्रेले भनिन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५५ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन