व्यक्तिगत हितका लागि नआउनू, नतिजामुखी काम गर्नू : गृहमन्त्री पौडेल | Khabarhub Khabarhub

व्यक्तिगत हितका लागि नआउनू, नतिजामुखी काम गर्नू : गृहमन्त्री पौडेल


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री विष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा आफूले हस्तक्षेप नगर्ने तर आफूलाई नतिजा चाहिने जिकिर गरे ।

मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफूलाई भेट्न नआउन निर्देशन दिए । त्यस्तै उनले अदालतमा भएका मुद्दा र राजनीतिक परिस्थितिको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निर्देशन दिए ।

गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निर्देशन दिए ।

उनले अहिले दलीय व्यवस्थाको निर्दलीय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलीय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन