महाधिवेशन केन्द्रित छलफलमा जुटे कोइराला, निधि र सिंह | Khabarhub Khabarhub

महाधिवेशन केन्द्रित छलफलमा जुटे कोइराला, निधि र सिंह


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिका दावेदार तीन नेता छलफलमा जुटेका छन् । छलफलका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह महामन्त्री शशांक कोइराला निवास पुगेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनका बारेमा छलफल गर्नका लागि उपसपभापति निधि कोइराला निवास पुगेका हुन् । कोइराला निवासमा छलफलका लागि पूर्वमहामन्त्री डाक्टर प्रकाशमान सिंह समेत पुगेका छन् । यसअघि उपसभापति निधिले कोइराला र नेता सिंहलाई आफ्नै निवासमा बोलाएर आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसको निरन्तरताअनुसार आज कोइराला निवासमा नेताहरू जम्मा भएका हुन् ।

बैठकमा सहभागी एक नेताले महाधिवेशन केन्द्रित विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘आगामी महाधिवेशन केन्द्रित छलफल भएको हो ।’ अबको केही दिनमा नेता सिंहको निवासमा समेत छलफल हुने उनले जानकारी दिए ।

महामन्त्री कोइरालाको निमन्त्रणामा उनकै निवासमा भइरहेको छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको छलफलमा जाने नेताहरूको तयारी छ । छलफलका लागि महामन्त्री कोइराला र सिंह चक्रपथको एउटा होटलमा पुग्ने कार्यक्रम रहेको छ । नेता पौडेलले आगामी महाधिवेशनका बारेमा छलफल गर्नका लागि आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : ४१ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको