बोलिभियालाई २-०ले हराउँदै उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

बोलिभियालाई २-०ले हराउँदै उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौथो स्थानमा छ ।

बोलिभिया अंकबिहीन रहदै पुछारमा छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ३२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न