कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक परिचालन | Khabarhub Khabarhub

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक परिचालन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक खटिएका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन महिला सैनिकको टिमले गरेको हो ।

सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलको नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोली खटिएको थियो । जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ ।

गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियम अनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरेको जानकारी दिए । सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ शय्याको आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार