हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । उनकी तीन बर्षीया छोरी दिपिका वि.क. गम्भीर घाइते भएकी थिइन् ।

सोमबार साँझ घरबाहिर रहेको समयमा हात्तीले आक्रमण गर्दा आमाको घटनास्थलमै र छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले नेपाल प्रेसलाई जानकारी दिए ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मंगलबार बिहान १० बजे मृत्यु भएको वडाध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : ४५ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा