कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णले जुटाए १८ लाख | Khabarhub Khabarhub

कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णले जुटाए १८ लाख


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले त्यहाँ रहेका नेपालीबाट १८ लाख रुपैंयाँ संकलन गरी कोभिड संक्रमित बिरामीको उपचारका लागि नेपाल पठाएका छन् ।

गायक ढकालले फेसबुकमा उक्त रकम नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् ।

‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ’, उनले लेखेका छन् ।

ढकालका अनुसार पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ अमेरिकी डलर अर्थात करिब १८ लाख नेपाली रुपैयाँ आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा वायरमार्फत जम्मा गरिएको छ । गायक ढकाल स्वयंले उक्त अभियानमा ५ सय अमेरिकी डलर जम्मा गरेका छन् ।

गायक ढकालले केही मनकारीले सहयोगको बचन दिएकाले त्यो रकम प्राप्त हुनासाथ नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : २० बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्