आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्न निर्देशन | Khabarhub Khabarhub

आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्न निर्देशन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– सरकारले एसईईको परीक्षापछि मात्रै नयाँ शैक्षिक सत्रबारे निर्णय गर्ने बताइरहेका बेला नवलपरासीपूर्व कावासोती नगरपालिकाले आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको छ ।

कावासोती नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुलाई पत्राचार गरी आन्तरिक मूल्याङ्नका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको हो ।

नगरपालिकाका शाखा अधिकृत राजन पाण्डेले हस्ताक्षर गरी पठाएको पत्रमा कक्षा ८ को बाहेक कक्षा १ देखि ९ सम्मको नतिजा जेठ २५ गतेदेखि ३० गते भित्र प्रकाशन गर्न भनिएको छ ।

नगरपालिकाले विद्यार्थी मुल्याङ्कन आधार तथा ढाँचासमेत पठाएर जेठ २० गतेभित्र मूल्याङ्कन गरिसक्नुपर्ने जनाएको छ ।

यसै शैक्षिक सत्रमा यसअघि सञ्चालन भएका परीक्षाको ७० पूर्णाङ्क तोकिएको छ । ३० पूर्णाङ्को वैकल्पिक विधिबाट स्वास्थ्य मापदण्डअनुसार सरकारी निकायहरुबाट भएका निर्देशनको पालना गरी विद्यार्थीमैत्री ढंगबाट अभिभावकलाई समेत जानकारी हुने गरी सम्पन्न गर्न भनिएको छ ।

एसईई परीक्षा सञ्चालन सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदलले अध्ययन तथा सझाव संकलन गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६