गोली लागी घाइते माओवादी नेता पाण्डेयको मृत्यु | Khabarhub Khabarhub

गोली लागी घाइते माओवादी नेता पाण्डेयको मृत्यु



कपिलवस्तु- कपिलवस्तुमा गत बुधवार गोली लागेर घाइते भएका माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौँमा  मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभए पछि उनलाई सोमबार साँझ हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो ।

काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पाण्डेयलाई गोली हानेको आरोपमा समाजबादी बिद्यार्थी फोरमका लुम्बिनी  प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : २५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।