सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस | Khabarhub Khabarhub

सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

यस्तो छ सीसीएमसी बैठकको निर्णय

बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।

यसअघि नेपालमा कोरोनाको जोखिम बढेसँगै सीसीएमसीले सबै विद्यालय वैशाख महिनाभर स्थगन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषदले लागू गरिसकेको छ ।

आज मात्रै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ थपिएको छ भने एकैदिन ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : १९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै