पार्टी एकताका लागि जुटौँ, अन्यथा केसम्म हुन्छ 'निकट विगत' सम्झे पुग्छ : नेता भट्टराई | Khabarhub Khabarhub

पार्टी एकताका लागि जुटौँ, अन्यथा केसम्म हुन्छ ‘निकट विगत’ सम्झे पुग्छ : नेता भट्टराई


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेश भट्टराईले पार्टीको एकताका लागि सबैले आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिमा थोरै मात्र पनि लचकता अपनाएर पार्टीको एकता कायम गर्न सकिने उनले बताएका हुन् ।

उनले अवस्था बिग्रिएपछि झन् बढी क्षति हुने र मुलुकलाई दशकौंपछि धकेल्ने हुनाले वर्तमान क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो सम्भवछ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ५० बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै