पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर भएको घोषणा | Khabarhub Khabarhub

पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर भएको घोषणा


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक भएको घोषणा गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌ ।

धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ ।

नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिकटन उत्पादन हुने गरेको र सबै खपत हुने गरेको पनि मन्त्रालयले जनाएको छ।

हाल नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ । कुखुरा, खसी, बंगुर र राँगाको मासु बढी खपत हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको विभागीय मन्त्रालयको दाबी छ ।

वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेको छ । यस्तै, दैनिक १० लाख किलो कुखुराको मासु खपत हुन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  २ : ०१ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको