भारतले कोरोना भ्याक्सिन निर्यात नगर्ने | Khabarhub Khabarhub

भारतले कोरोना भ्याक्सिन निर्यात नगर्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यात नगर्ने भएको छ ।

आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो।

विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार  भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

भारतमा कोरोनाको नयाँ लहर शुरू भएसँगै पछिल्ला केही दिन यता औषत ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ ।

भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशलाई असर पर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : ४५ बजे

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको