मापदण्ड विपरित सञ्चालित स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही (भिडियोसहित) | Khabarhub Khabarhub

मापदण्ड विपरित सञ्चालित स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही (भिडियोसहित)


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृह मापदण्ड बिपरित रहेको पाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहको अनुगमन गर्दा मापदण्ड विपरित पाइएपछि कारवाही गरिएको हो ।

प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड विपरित रहेको पाइएपछि उनीहरुलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

हेरौँ भिडियो

त्यस्तै नेपाल टेलिकमको चमेना गृहलाई ५ हजार जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिष्णुराज बेलवासेले जानकारी दिए ।

केहि चमेना गृह दर्ता विना नै सञ्चालन भएको, खाद्यवस्तु गुणस्तर नभएको पाइएको उनले बताए । चमेना गृहका बारेमा मौखिक तथा लिखित उजुरी आएपछि अनुगमन गरिएको उनले बताए ।

अनुगमनमा खाद्य, वाणिज्य, घरेलु विभागका साथै सुरक्षा निकायको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६